इटहरी । युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सुनसरीको इटहरी–९ मा आधुनिक सुविधासहितको ‘परिचय बार्बर शप’ सञ्चालनमा आएको छ।
युवा उद्यमी तथा समाजसेवी अनिस सुवेदीको करिब ८ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको कपाल काट्ने तथा ग्रुमिङ सेवा केन्द्र ‘परिचय बार्बर शप’को आज उद्घाटन गरिएको हो।
‘Where Style Meets Precision’ भन्ने नाराका साथ सञ्चालनमा आएको बार्बर शपमा कपाल काट्ने, हेयर स्टाइल तथा पुरुषहरूको ग्रुमिङसम्बन्धी विभिन्न सेवा उपलब्ध हुने जनाइएको छ। आधुनिक सजावट र आकर्षक फिनिसिङसहित सञ्चालनमा ल्याइएको बार्बर शपले ग्राहकलाई सहज र आरामदायी वातावरणमा गुणस्तरीय सेवा दिने सञ्चालक सुवेदीले बताउनुभयो।
बार्बर शप सञ्चालनसँगै हाल ४ जना पुरुष र १ जना महिला गरी ५ जनाले रोजगारी पाएका छन्। युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्थालाई केही हदसम्म कम गर्दै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको सञ्चालक सुवेदीले बताउनुभयो।
सुवेदी कपाल काट्ने व्यवसायसँगै कफी व्यवसायमा समेत सक्रिय हुनुहुन्छ भने सामाजिक क्षेत्रमा पनि निरन्तर समाजसेवामा सक्रिय युवा उद्यमीका रूपमा परिचित हुनुहुन्छ। व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत अघि बढाउने उहाँको भनाइ छ।
‘परिचय बार्बर शप’लाई आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको सञ्चालक अनिस सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार बार्बर शपसँगै सञ्चालनमा रहेको क्याफेमा हाल ४ जनाले रोजगारी पाइरहेका छन्।
त्यस्तै, रात्रीकालीन खानाका लागि ‘६४ डेलिभरी इटहरी’ सञ्चालन गरी थप १२ जनालाई रोजगारी दिइएको सुवेदीले बताउनुभयो। सेवा विस्तारसँगै स्थानीय युवालाई रोजगारीका अवसर सिर्जना गर्ने र व्यवसायलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने उहाँको योजना छ।














