स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कोशीमा पहिलोपटक आयोजना गरिएको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ सम्पन्न

इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गरेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ सम्पन्न भएको छ।

शनिबार र आइतबार विराटचोकस्थित नेपालिरिका होटलमा आयोजना गरिएको एक्स्पोको प्रमुख अतिथिका रूपमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी भोलेश्वर दुलाल सहभागी हुनुभएको थियो।

कोशी प्रदेशमा पहिलोपटक आयोजना गरिएको एक्स्पोको व्यवस्थापन एल्पनाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरेका थिए।

हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत्पादनहरू प्रदर्शनमा राखिएका थिए।

एक्स्पोको अवलोकन गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कोशी प्रदेशका संस्थापक अध्यक्ष कमल तिम्सिनाले आफूहरूले पनि यस्ता प्रविधिको प्रयोग गरिरहेको बताउँदै एक्स्पोले प्रविधिको प्रयोग र जानकारी विस्तारमा सहयोग पुर्‍याएको बताउनुभयो।

एक्स्पोमा अपेक्षाभन्दा बढी अवलोकनकर्ता तथा ग्राहकको सहभागिता भएको र डिजिटल युगमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको एक्स्पोका व्यवस्थापक तथा प्यारागन आईटी सोलुसन इटहरीका सञ्चालक सन्देश राईले बताउनुभयो।

त्यस्तै, एक्स्पोमा घरेलु तथा साना व्यवसायका सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापनसम्बन्धी प्रविधि, अग्रिम जानकारी दिने अलार्म सुरक्षा प्रणाली, ताररहित घर सुरक्षा प्रविधिलगायत नवीनतम उत्पादन प्रदर्शन गरिएको थियो।

विभिन्न प्रविधि र उत्पादनलाई समेटेर एक्स्पोमा आठवटा स्टल राखिएको हिकभिजनका आधिकारिक वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिनुभयो।

एक्स्पोले व्यवसायिक तथा घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। पछिल्लो पुस्ताका सुरक्षा प्रविधि, एआईमा आधारित सुरक्षा प्रणाली तथा स्मार्ट प्रविधिबारे प्रत्यक्ष जानकारी लिन एक्स्पो महत्वपूर्ण अवसर बनेको आयोजकले जनाएको छ।

एक्स्पोको पूर्वसन्ध्यामा पछिल्लो समय देखिएका सुरक्षा चुनौतीलाई प्रविधिको प्रयोगमार्फत कसरी सहज र प्रभावकारी रूपमा समाधान गर्न सकिन्छ भन्ने विषयमा प्राविधिकहरूलाई प्रशिक्षणसमेत दिइएको थियो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *