स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

रामधुनि जङ्गलबाट सिकारीथानमा निगुरोको मुठोसँगै जोडिएको स्थानीय हरुको वास्तविक कथा

इटहरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ८, ९ र १० को सिमानामा पर्ने सिकारीथान क्षेत्र यतिबेला केवल हरियाली जङ्गलका लागि मात्र होइन, स्थानीय महिलाहरूको जीवन सङ्घर्ष र आत्मनिर्भरताको केन्द्र बनेको छ। बिहानको मिर्मिरे उज्यालो नहुँदै काँधमा झोला र हातमा बोकेर जङ्गल पस्ने र निगुरो टिपि सडकपेटीमा हरियो निगुरोको मुठोसँगै भेटिन्छन्।


बिहानीको सिरसिरे हवामा जङ्गल छिर्ने यी स्थानिय महिलाहरूको यात्रा सहज भने छैन। जङ्गलका काँढा, गहिरा खोँच ,लामखुट्टे ,जुकाको टोकाइ र हिंस्रक जनावरको जोखिम नमानीकन उनीहरूले हरियो निगुरो खोजी-खोजी टिप्ने गर्छन्। उनीहरूको हातमा देखिने निगुरोको मुठो केवल एक छाक तरकारीको परिकार मात्र होइन; त्यसमा आफ्ना छोराछोरीको उज्यालो भविष्य, साँझ-बिहानको छाक टार्ने सपना र आय आर्जनको दृष्टिले कठोर परिश्रम जोडिएको छ।


जङ्गलको जोखिमपूर्ण यात्रापछि सडकपेटीमा भोकभोकै बसेर ग्राहकको बाटो हेरिरहेका यी महिलाहरूको पैतालामा थकान प्रष्ट देखिन्छ। तर पनि, उनीहरूको अनुहारमा पाइने मुस्कानले गाउँघरको मौलिक सुगन्ध र स्थानीय पहिचानको झल्को दिन्छ। वास्तवमा, हाडछाला घोटेर स्थानीय स्रोत-साधनको सदुपयोग गर्दै परिवारको आर्थिक भार थाम्ने यी पाइलाहरू नै गाउँले अर्थतन्त्रका वास्तविक खम्बाहरू हुन्।


यदि तपाईं रामधुनी मन्दिरको दर्शन गरी प्रकाशपुरतर्फ जाँदै हुनुहुन्छ भने र प्रकासपुर बाट झुम्का जाँदै हुनुन्छ भने , सिकारीथान आसपासका सडकपेटीमा भेटिने यी स्थानीय महिलाहरू दिदीबहिनी सँग एक मुठो भए पनि निगुरो किन्न नभुल्नुहोला। तपाईंले किन्ने एक मुठो निगुरोले एकातिर तपाईंको भान्छामा प्राङ्गारिक र ताजा स्वाद थप्नेछ भने अर्कातिर दिनभरको हिलो र काँढासँग पौँठेजोरी खेलेर फर्किएका यी आमा-दिदीबहिनीहरूको दुःखमा ठूलो सहारा पुग्नेछ।तसर्थ एक मुठा किनेर सहयोग गरौँ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *