स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

बालबालिकाको आँखा परीक्षण अभियान सुरु

इटहरी । रोटरी क्लब अफ इटहरीले बालबालिकाको आँखा परीक्षण तथा उपचार अभियान सुरु गरेको छ। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो दिन इटहरी–७ स्थित लक्ष्मी माध्यमिक विद्यालयका १७९ जना विद्यार्थीको आँखा परीक्षण गरिएको कार्यक्रम संयोजक अन्जु शाक्यले जानकारी दिनुभयो।


परीक्षणका क्रममा करिब १० प्रतिशत बालबालिकामा आँखासम्बन्धी समस्या देखिएको छ। समस्या देखिएका विद्यार्थीको थप परीक्षण तथा उपचार भदौ ६ गते इटहरी आँखा अस्पतालमा गरिने जनाइएको छ।
‘आँखाको समस्याका कारण कुनै पनि बालबालिकाको भविष्य अन्धकार नहोस्’ भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले बताउनुभयो।


अध्यक्ष धमलाका अनुसार रोटरी क्लब अफ इटहरीले चालु रोटरी वर्षमा इटहरी तथा आसपासका क्षेत्रमा २२ वटा आँखा परीक्षण शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ। शिविरबाट आँखाको परीक्षणसँगै उपचार आवश्यक पर्ने बालबालिकालाई थप उपचारको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो।


रोटरी क्लब अफ इटहरीले विगतका वर्षहरूमा पनि शिक्षा, स्वास्थ्य, खानेपानी तथा वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *