स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा ‘चुलो माछा फ्राई’ : चुलोमै पोलेको माछाको नयाँ स्वाद

इटहरी । इटहरी–९, बिजुली अफिस लाइन, पशुपति मन्दिरअगाडि ‘चुलो माछा फ्राई’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको ‘चुलो माछा फ्राई’को उद्घाटन इटहरीका रामकुमार सुब्बाले गरेका हुन्। माछाका परिकारलाई नयाँ र फरक स्वादमा प्रस्तुत गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको खाजा पसलमा चुलोको आगोमा पोलेको माछा, माछा ग्रेभीलगायतका परिकार उपलब्ध हुने सञ्चालकमध्येका एक रमेश बज्रगाईंले बताए।

इटहरीमा पहिलोपटक चुलोमै माछा पोलेर परम्परागत स्वादलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको सञ्चालकहरूको भनाइ छ। खुला वातावरणमा आगोमा माछा पकाउने शैलीलाई यहाँको मुख्य विशेषताका रूपमा लिइएको छ।

‘नेपालमै केही गरौँ’ भन्ने सोचका साथ माछालाई आधुनिक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको बज्रगाईंले बताए। उनका अनुसार विशेषगरी ३० वर्षभन्दा माथिका ग्राहकले माछाका परिकार बढी रुचाउने भएकाले फरक स्वादको खाजाका रूपमा माछालाई प्रस्तुत गरिएको हो।

चार जना इटहरीका युवाको संयुक्त लगानीमा सुरु गरिएको व्यवसायमा हाल ११ जना कर्मचारी कार्यरत छन्। माछाका परिकारलाई मात्र केन्द्रमा राखिएको ‘चुलो माछा फ्राई’ले इटहरीमा नयाँ स्वाद खोज्ने ग्राहकलाई आकर्षित गर्ने अपेक्षा सञ्चालकहरूले गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *