स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

चौथो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने

इटहरी । बालबालिकाको खेलकुद क्षमता विकास तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले Late Buddharani Chemjong Limbu Memorial 7-A Side Inter School Futsal Tournament–2083 आयोजना हुने भएको छ ।

All Sports Collectionको आयोजनामा हुने प्रतियोगितामा सुनसरी जिल्लाका ३२ वटा विद्यालय सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता भदौ ७ गतेदेखि ८ गतेसम्म इटहरी-४ स्थित पाथीभरा फुटसलमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको तेस्रो संस्करणको उपाधि हिमशिखर स्कुलले जितेको थियो । आयोजकले यसपटक पनि विभिन्न विद्यालयबीच प्रतिस्पर्धा गराउँदै बालबालिकाको खेल प्रतिभा पहिचान तथा विकास गर्ने जनाएको छ।

प्रतियोगिताको विजेताले ४० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, उत्कृष्ट विधाहरू सर्वोत्कृष्ट खेलाडी छात्रावृती (३०, ०००/- बराबर ,सर्वोत्कृष्ट गोल रक्षक : रू. २,५००/- सहित ट्रफी, प्रमाण-पत्र ,सर्वाधिक गोलकर्ता : रू. २,५००/- सहित ट्रफी, प्रमाण-पत्र ,म्यान अफ द म्याच : रू. १,०००/- सहित ट्रफी, प्रमाण-पत्र, फेयर प्ले टिम (स्कुल) : रु. ३,०००/- सहित ट्रफी, प्रमाण-पत्र,राइजिङ प्लेयर २,०००/- सहित ट्रफी, प्रमाण-पत्र सहित विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख लगानी हुने आयोजक AA Sports Collectionका अध्यक्ष बिमल मगरले जानकारी दिए।

मगरका अनुसार प्रतियोगितामार्फत बालबालिकालाई खेलकुदमा प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्य राखिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *