स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

जापानको नाका नदीमा मृत भेटिइन् झापाकी २५ वर्षीया लक्ष्मी, ५ जना नियन्त्रणमा

टोकियो। उच्च शिक्षा र उज्यालो भविष्यको खोजीमा जापान पुगेकी झापाकी एक नेपाली युवतीको शङ्कास्पद अवस्थामा ज्यान गएको छ। झापाको भद्रपुर नगरपालिका–७, अन्जनी मोड स्थायी घर भई हाल जापानको फुकुओकामा अध्ययनरत २५ वर्षीया लक्ष्मी राजवंशी मृत अवस्थामा फेला परेकी हुन्।

उनी फुकुओकास्थित नाका नदीमा तैरिरहेको अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनको हत्या भएको हुनसक्ने आशङ्का जापान प्रहरीले गरेको छ।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जापान प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ। छानबिनका क्रममा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको परिचय र नागरिकताबारे भने दूतावास तथा स्थानीय प्रहरीले थप खुलाएका छैनन्।

वैदेशिक अध्ययनका लागि जापान पुगेकी होनहार युवाको असामयिक र शङ्कास्पद निधनले झापास्थित उनको गृहगाउँ अन्जनी मोड र परिवारमा गहिरो शोक छाएको छ। दूतावासले घटनाबारे जापानी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर कानुनी प्रक्रिया र अनुसन्धानको प्रगतिबारे बुझिरहेको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *