स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध

इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित भएका छन्। नेतृत्वका लागि भएको सहमतिअनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने भएका हुन्।

सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नेछिन्। नेतृत्वमा सहमति जुटेपछि दुवै जना अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन भएका छन्।

यस्तै, समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योती पोखरेल र कोषाध्यक्षमा नशिम अन्सारी चयन भएका छन्।

सदस्यहरूमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारीका राई, सुविक्षा राई, सन्जिप तिम्सिना, सरोज श्रेष्ठ र भीम चौधरी चयन भएका छन्।

अधिवेशनमा नेतृत्वसहित अधिकांश पदमा सहमतिमै पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ। सहमतिमार्फत नयाँ नेतृत्व चयन भएसँगै नेपाल प्रेस युनियन सुनसरीको संगठनलाई थप सुदृढ बनाउँदै पत्रकारको हकहित र व्यावसायिक पत्रकारिताको विकासमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *