सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–४ स्थित दुलारी सरोकार मञ्चको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुन्दरहरैँचा–५ स्थित हसिना सिमसारमा सम्पन्न सभाले चिरञ्जीवी रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निरोद सुवेदी, महासचिवमा पवित्रा गौतम भण्डारी, कोषाध्यक्षमा तेजनारायण चौधरी र सचिवमा सुधन भट्टराई निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा देवराज पोखरेल, प्रदीप खतिवडा, दीपक खतिवडा, नगेन्द्र सिग्देल, मागिलाल चौधरी र लोकराज लामिछाने निर्वाचित भएका छन्।
दुलारी सरोकार मञ्च २०७९ साल भदौ ६ गते दर्ता भएको हो। स्थापना भएदेखि नै मञ्चले यस क्षेत्रको शिक्षा, स्वास्थ्य, वातावरण, सूचना तथा रोजगारी, ज्येष्ठ नागरिक लगायतका क्षेत्रमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको नवनिर्वाचित महासचिव पवित्रा गौतम भण्डारीले जानकारी दिइन्।
साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष हिरण्य कालाखेतीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।
नयाँ कार्यसमितिले संस्थाका आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।














