स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा ‘झ्याम्मै एक्सचेन्ज मेला’ सोमबारसम्म थपियो, पुरानो बाइक साटेर नयाँ बजाज खरिद गर्ने अवसर

इटहरी । इटहरीस्थित अटो सिटी बजाज शोरुममा सञ्चालन भइरहेको ‘न्यु खोज्नेलाई झ्याम्मै एक्सचेन्ज मेला’ सोमबारसम्म थपिएको छ। भदौ १ गतेदेखि श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोकमा आयोजना गरिएको मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्।

मेलामा पुरानो मोटरसाइकलको झ्याम्मै हाइएस्ट भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन-द-स्पट फाइनान्स, शून्य सर्भिस चार्ज तथा निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ।

मेलास्थलमै ग्राहकको पुरानो मोटरसाइकलको मूल्यांकन गरी विभिन्न मोडलका नयाँ बजाज मोटरसाइकल खरिद गर्ने व्यवस्था मिलाइएको छ। साथै फाइनान्स सुविधा तथा अन्य अफरबारे पनि ग्राहकलाई मेलास्थलमै जानकारी उपलब्ध गराइएको छ।

मेलामा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज खरिद गर्ने ग्राहकको उत्साह देखिएको आयोजकले जनाएको छ। विशेष छुट, पुरानो बाइकको आकर्षक मूल्यांकन तथा सहज फाइनान्स सुविधाका कारण ग्राहकहरू आकर्षित भएका छन्।

बजाज शोरुम इटहरीका सञ्चालक जयन्त सन्थलियाले ग्राहकलाई पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सहज होस् भन्ने उद्देश्यले एक्सचेन्ज मेला आयोजना गरिएको बताउनुभयो।

उहाँका अनुसार मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकनसँगै नयाँ बजाज मोटरसाइकल खरिदमा विशेष छुट र सहज फाइनान्सको व्यवस्था गरिएको छ। उपभोक्तालाई लक्षित गरी ल्याइएको यो विशेष एक्सचेन्ज अफर सोमबारसम्म जारी रहने जनाइएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *