‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नारासहित इटहरीमा ६२औँ राष्ट्रिय बालदिवस मनाइयो

‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नारासहित इटहरीमा ६२औँ राष्ट्रिय बालदिवस मनाइयो
इटहरी । “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नारासहित ६२औँ राष्ट्रिय बालदिवस इटहरीमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ। सङ्गीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिका–२ का वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सङ्गीतकर्मी बालबालिकाहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। बालबालिकाको प्रतिभा प्रस्फुटनसँगै उन...

बाल प्रतिभाको मैदानमा हिमालयको शानदार छलाङ, हस्तलेखनमा दोस्रो र चित्रकलामा तेस्रो

बाल प्रतिभाको मैदानमा हिमालयको शानदार छलाङ, हस्तलेखनमा दोस्रो र चित्रकलामा तेस्रो
सुन्दरहरैँचा (मोरङ) : “खुशी बालबालिका, समृद्ध सुन्दरहरैँचा” भन्ने मूल भावका साथ ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा सुन्दरहरैँचा नगर बाल सञ्जालद्वारा आयोजित विभिन्न बालमैत्री प्रतियोगितामा सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। नगर बाल सञ्जालद्वारा आयोजित नेपाली हस्तलेखन प्रतियोगितामा हिमालय इङ्लिस स्कुलका विद्यार्थी महेश ढुंगानाले द्वितीय स्थान हा...

बराहक्षेत्र ९ मा बाल दिवसको अवसरमा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बराहक्षेत्र ९ मा बाल दिवसको अवसरमा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
सुनसरी | राष्ट्रिय बाल दिवसको अवसरमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ ले वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। "बालमैत्री स्थानीय शासन, समृद्ध बालबालिका, उज्ज्वल भविष्य" भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा वडाका जनप्रतिनिधि, वडा सचिव, वडा बाल सहजकर्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। बालमैत्री स्थानीय शासन निर्माण तथा बालबालिकामा रहेको रचनात्मक क...

बाल दिवसमा हिमालय इङ्लिस स्कुलका विद्यार्थीको उत्साहपूर्ण सहभागिता

बाल दिवसमा हिमालय इङ्लिस स्कुलका विद्यार्थीको उत्साहपूर्ण सहभागिता
सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङ्लिस स्कुलका विद्यार्थीहरूले विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिसहित बाल दिवस सेलिब्रेशन गरेका छन्। बाल दिवसको अवसरमा विद्यालयमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा विविध कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै बाल दिवसलाई उल्लासमय रूपमा मनाएका थिए। विद्यालय परिसरमा बालबालिकाको उत...

सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी

सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–३ स्थित जुपिटर इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी समीर भुसालले आफ्नै सीप र सिर्जनशीलताको प्रयोग गर्दै तीनपाङ्ग्रे गाडी निर्माण गरेका छन्। सानैदेखि मेकानिकल कामप्रति रुचि राख्दै आएका समीरले युट्युबमा विभिन्न प्राविधिक भिडियो हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै करिब एक लाख रुपैयाँको लागतमा ‘बग्गी’ नामको तीनपाङ्ग्रे गाडी निर्माण गरेका हुन्। ...

प्राइम भिजन कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

प्राइम भिजन कलेजमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत
धरान । प्राइम भिजन इन्टरनेसनल कलेज, धरान–१२ ले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। शनिबार होटल पूर्वी स्टारमा आयोजित स्वागत कार्यक्रममा कलेजका निर्देशक दुर्गा सुवेदीलगायतले नवआगन्तुक विद्यार्थीलाई अबिर तथा खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा गत वर्ष अध्ययन, अतिरिक्त क्रियाकलापलगायत विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान...

निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु

निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु
योगेन्द्र योगी सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सुरु भएको छ। विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा शुक्रबारदेखि सुरु भएको तालिम शनिबार...

बाल प्रतिभा चम्किँदा पूर्वाञ्चल पब्लिक स्कुलमा नृत्यको रौनक

बाल प्रतिभा चम्किँदा पूर्वाञ्चल पब्लिक स्कुलमा नृत्यको रौनक
योगेन्द्र योगी सुन्दरहरैँचा(मोरङ):मोरङको सुन्दरहरैँचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले बालबालिकाको प्रतिभा प्रस्फुटन तथा उनीहरूको आत्मविश्वास र सिर्जनशीलता विकास गर्ने उद्देश्यले बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा आयोजित Children's Day Celebration Dance Competition अन्तर्गत विद्यार्थीहरूका लागि Junior Dance Competition (कक्षा २ देखि ५ सम्म) तथा Senior Dance ...

जेसीज सप्ताहको वक्तृत्वकला प्रतियोगितामा श्रेयसी भण्डारी प्रथम

जेसीज सप्ताहको वक्तृत्वकला प्रतियोगितामा श्रेयसी भण्डारी प्रथम
इटहरी । इटहरी जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताह २०२६’ अन्तर्गतको वक्तृत्वकला प्रतियोगितामा सुष्मा गोदावारी कलेज, इटहरीकी श्रेयसी भट्टराई  प्रथम भएकी छन्। 'परिवर्तन, सहकार्य र नेतृत्व ’ विषयमा आयोजित प्रतियोगितामा कोशी सेन्ट जेम्स कलेज, इटहरी द्वितीय र विश्व आदर्श कलेज, इटहरीतृतीय भएका छन्। विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास तथा आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गर्ने उद...

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थानीयसँग अन्तर्क्रिया

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थानीयसँग अन्तर्क्रिया
सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सरोकारवालासँग विश्वविद्यालयको शैक्षिक विकास, प्रशासनिक सुधार र अनुसन्धानका विषयमा अन्तर्क्रिया गरिएको छ। प्रा.डा. पन्ना थापाको अध्यक्षता तथा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फार्मेसी विभाग प्रमुख, स्कुल अफ साइन्सका डीन, परीक्षा नियन्त्रक ...