आमकास नेपाल मोरङको सातौँ साधारणसभा सम्पन्न, उमा देवी सेढाईं पुनः अध्यक्षमा निर्वाचित
सुन्दरहरैँचा (मोरङ) : आमकास नेपाल मोरङको सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ। सुन्दरहरैँचा नगरपालिका–७, सलकपुरस्थित शिक्षा निकेतन माध्यमिक विद्यालयको माथिल्लो भवनमा मंगलबार साधारणसभा तथा निर्वाचन सम्पन्न भएको हो। साधारणसभाले उमा देवी सेढाईंलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। यससँगै संस्थाको नेतृत्वमा सेढाईंले निरन्तरता पाएकी छन्।
निर्वाचनबाट यसअघि कायम रहेका अन्य समिति सदस्यला...










