एक वर्षको अध्ययन र मेहनतपछि सुन्दरहरैंचामा मनुश्रीका अर्गानिक उत्पादन बजारमा
योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्ने लक्ष्यसहित एक वर्षको अध्ययन, अनुसन्धान र अथक मेहनतपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मा सञ्चालित मनुश्री खाद्य उद्योग तथा प्याकेजिङले विभिन्न प्रकारका खाद्य सामग्री बजारमा ल्याएको छ। स्थानीय कृषि उपजलाई प्राथमिकता दिँदै उद्योगले अर्गानिक सातु, फापरको पिठो, गहुँको पिठो, कोदोको पिठो, चिया मसला र टिमुरलगायतका सामग्री उत्पाद...










