गछियाका विद्यार्थीले बनाए CubeSat, विज्ञान र प्रविधिमा देखाए सिर्जनशीलता
गछिया । मोरङको सुन्दरहरैंचा–गछियास्थित माउन्ट मकालु सेकेन्डरी स्कुलका विद्यार्थीहरूको टोली ‘Team Krantikaris’ ले CubeSat परियोजना सफलतापूर्वक निर्माण गरेको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनप्रति विद्यार्थीहरूको रुचि र सिर्जनशीलतालाई व्यवहारमा उतार्ने उद्देश्यले टोलीले CubeSat निर्माण गरेको हो। सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच अनुसन्धान, प्रयोग तथा निरन्तर प्रयासमार्फत परियोजना पूरा गरिएक...










