नविकरण भई आएका स्मार्ट लाइसेन्स लिन नगर प्रमुख आचार्यको आग्रह
सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले नविकरण भइसकेका तर सेवाग्राहीले बुझिलिन बाँकी रहेका स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सम्बन्धित नागरिकलाई आग्रह गरेको छ।
एक सूचना जारी गर्दै ईश्वरपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न नागरिकहरूको सवारी चालक अनुमति पत्र नविकरण भई नगरपालिकामा प्राप्त भइसकेको जनाएको छ। तर, विभिन्न कारणले सम्बन्धित सेवाग्राहीले हालसम्...










