सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ठहर, ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर
काठमाडौं । ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ ।
इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिले प्रयोग गर्न खोजेको ‘पर्फेक्ट सेन्टर फिल्ज’ ट्रेडमार्क झुक्किन सक्ने गरी मिल्दोजुल्दो ...










