कांग्रेस बेलबारीको नेतृत्व दौडमा राजेश खत्री, सभापतिमा बलियो सम्भावना
सुन्दरहरैंचा(मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि आगामी असोज ४ गतेदेखि निर्वाचन तथा अधिवेशन प्रक्रिया प्रारम्भ हुने मिति सार्वजनिक भएसँगै देशभर पार्टीका विभिन्न तहमा नेतृत्वका आकांक्षीहरूको चर्चा सुरु भएको छ। यसैक्रममा मोरङको बेलबारी नगरपालिकामा पनि नगर सभापतिको नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको चर्चा बढ्न थालेको छ।
बेलबारीमा नेपाली कांग्रेसको नगर सभापति पदका लागि राजेश खत्रीले ...









