रसुवा–भोटेकोशी बाढीपीडितका लागि इटहरी जेसीजको राहत संकलन अभियान
काठमाडौं | रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले इटहरी जेसीजले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ। नेपाल जेसीजको आह्वानअनुसार इटहरी जेसीजले तीनदिने राहत सामग्री संकलन कार्यक्रम सुरु गरेको हो।
बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्न...










