गुरुङ भाषा अब विश्वविद्यालयको कक्षाकोठामा PGEGLT सञ्चालनको तयारी अन्तिम चरणमा
काठमाडौं । पुस्तौँदेखि घर, समुदाय र संस्कृतिमा पुस्तान्तरण हुँदै आएको गुरुङ (तमू) भाषा अब विश्वविद्यालयको कक्षाकोठासम्म पुग्ने ऐतिहासिक चरणमा प्रवेश गरेको छ।
गुरुङ भाषा अध्यापनसम्बन्धी Post Graduate in Education in Gurung Language Teaching (PGEGLT) कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं विश्वविद्यालय र तमू हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को सहकार्यमा अघि बढाइएको उक्त कार्...










