कामधेनु दुग्ध विकास सहकारीको २७औँ साधारणसभा सम्पन्न
सुन्दरहरैंचा(मोरङ) : कोशी प्रदेशकै अग्रणी दुग्ध सहकारी संस्थाका रूपमा परिचित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, इटहरी–१, आँपगाछीको २७औँ वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आर्थिक प्रगति, दुग्ध प्रशोधन तथा बजारीकरण, सदस्यहरूको बचत, आगामी योजना र सहकारीलाई थप सबल बनाउने विषयमा छलफल गरिएको छ।
वार्षिक साधारणसभा संयोजक विनोद गुरागाईंको संयोजकत्व तथा संस्थाका अ...










