सुन्दरहरैंचामा नागरिकको पीडा सुन्दैन स्थानीय सरकार
सुन्दरहरैंचा(मोरङ) : उमेरले ६३ वर्ष पुगेका मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का फत्तबहादुर भुजेल यतिबेला जीवनको सबैभन्दा कठिन मोडमा छन्। जन्डिसबाट ग्रसित उनी प्रेसरसम्बन्धी समस्याका कारण हातखुट्टा समेत चलाउन नसक्ने अवस्थामा पुगेका छन्। शरीरले साथ छोड्दै गएको छ, तर उनको पीडा सुन्ने र सुरक्षित ठाउँ दिने सहारा भने अझै भेटिएको छैन।
भुजेलको परिवार भए पनि अहिले उनी लगभग सहाराविहीन अवस्थामा छन्। उनका ए...









