भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग
भोजपुर | अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा स्थापित अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि करिब ९३ हजार अमेरिकी डलर सहयोग गरेको छ।
अमेरिकाको भर्जिनियामा सक्रिय समाजले राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर, अर्थात् करिब १ करोड ४२ लाख नेपाली रुपैयाँ, नेपाल सरकारलाई हस्ता...










