मोरङ | सुकुना माध्यमिक विद्यालयका केही शिक्षकहरूले विद्यार्थीहरूमाथि अमर्यादित व्यवहार, मानसिक प्रताडना तथा पदीय आचरणविपरीतका गतिविधि गरेको आरोपसँग सम्बन्धित च्याट र सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि कानुन विद्यार्थी समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाले निष्पक्ष छानबिन समिति गठन, आरोपित शिक्षकलाई निलम्बन, दोषी प्रमाणित भए कडा कानुनी कारबाही तथा पीडित विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न माग गरेको छ।
साथै, विद्यार्थीहरूलाई संयमित रहँदै कानुनी प्रक्रियामार्फत न्यायको खोजी गर्न आग्रह गरिएको छ। कानुन विद्यार्थी समाजले घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउन निरन्तर पैरवी गर्ने जनाएको छ।














