स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुकुना माविले यौन दुर्व्यवहार आरोप लागेका ३ कर्मचारीलाई निलम्बन गर्‍यो, पक्राउपछि अनुसन्धान तीव्र

सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालय ले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका तीन जना शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरेको जनाएको छ।

अनुसन्धानलाई निष्पक्ष, प्रभावकारी र कानुनी प्रक्रियालाई सहज बनाउन विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

विद्यालयका अनुसार निलम्बनमा परेकामध्ये अविरल मास्के (लेखा अधिकृत तथा शिक्षक), भीमप्रसाद नेपाल (सङ्गीत प्रशिक्षक) र प्रदीप भट्टराई (बस चालक) रहेका छन्। उनीहरूलाई अनुसन्धान पूरा भई कानुनी प्रक्रिया टुंगो नलाग्दासम्मका लागि निलम्बन गरिएको विद्यालयले जनाएको छ।

यता, घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आरोपित तीनै जनालाई पक्राउ गरिसकेको छ। पक्राउपछि उनीहरूमाथि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

विद्यालयले जारी गरेको सूचनामा शिक्षक तथा कर्मचारीको आचरण तथा कानुनले निषेध गरेका विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका सामग्रीप्रति विद्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आरोप अत्यन्त गम्भीर र खेदजनक रहेको जनाएको छ।

विद्यालयका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पत्राचारसमेत गरिसकिएको छ। साथै, अन्य आरोपित शिक्षक तथा कर्मचारीको विषयमा पनि थप छानबिन गरी आवश्यक निर्णय र कारबाही गरिने जनाइएको छ।

विद्यालयले अनुसन्धान नसकिँदासम्म विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई संयमित रहन र अपुष्ट सूचना तथा अफवाह नफैलाउन आग्रह गरेको छ।

घटनाको अनुसन्धान सम्बन्धित निकायबाट जारी छ। आरोपितहरू दोषी वा निर्दोष भन्ने विषय कानुनी छानबिन र अदालतको अन्तिम निर्णयबाट मात्र टुंगो लाग्नेछ। हाल उनीहरू अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *