मोरङ | सुकुना माविमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सङ्गीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ।
मोरङ प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याटहरूका आधारमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छेदारलाई सोमबार बिहान पक्राउ गरेको थियो।
घटना सार्वजनिक भएपछि फरार रहेका सङ्गीत प्रशिक्षक भीम नेपाललाई भने सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए।














