स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुकुना मावि प्रकरणमा पक्राउ परेका चार जनाआरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र


मोरङ । मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपमा पक्राउ परेका चारै जनालाई जिल्ला अदालत मोरङले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विद्यालयका बस चालक प्रदीप भट्टराई, विज्ञान शिक्षक किशोरलाल गच्छदार, लेखापाल तथा शिक्षक अविरल मास्के र नृत्य प्रशिक्षक भीमप्रसाद नेपाललाई बालबालिकाविरुद्धको कसुरअन्तर्गत अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको हो।
प्रहरीका अनुसार घटनासम्बन्धी उजुरी तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका गुनासोका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्राप्त प्रमाण, पीडित तथा अन्य व्यक्तिको बयान र थप सूचनाका आधारमा चारै जनाको संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको जनाएको छ।पछिल्लोपटक पक्राउ परेका भीमप्रसाद नेपाल झापाको बुद्धशान्ति गाउँपालिका–७ निवासी हुन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *