स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुन्दरहरैंचा नगरवासीलाई स्वास्थ्य उपचारमा ५० प्रतिशतसम्म छुट

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाका नगरवासीले विभिन्न स्वास्थ्य संस्थामा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। यसका लागि सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।

सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, सिनामंगलस्थित केएमसीमा उपचार गराउँदा २५ प्रतिशतसम्म तथा भक्तपुरको दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सरल र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ।

सम्झौताबाट नगरवासीलाई उपचारमा आर्थिक भार कम हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *