जन्मदिनको अवसरमा समिर चन्द्रवंशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जन्मदिनको अवसरमा समिर चन्द्रवंशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बराहक्षेत्र | विगत ५ वर्षदेखि ग्रामीण क्षेत्र बराहक्षेत्र नगरपालिकालाई केन्द्रबिन्दुमा राखेर सक्रिय पत्रकारितासँगै सामाजिक कार्यमा अग्रसर हुँदै आएका समिर चन्द्रवंशीले बराहक्षेत्र नगरपालिका–९ स्थित श्री जङ्गा यु.नि.हिम. विद्यालय (बहुभाषिक आधारभूत विद्यालय) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी आफ्नो जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताउँदै चन...

जलवायु न्याय, उद्धार, राहत र पुनर्वासबारे इटहरीमा नागरिक संवाद

जलवायु न्याय, उद्धार, राहत र पुनर्वासबारे इटहरीमा नागरिक संवाद
इटहरी । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। इटहरीस्थित सुष्मा गोदावरी कलेजमा सोमबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापन र विपद्पछि प्रभावित नागरिकको पुनर्वासका विषयमा छलफल गरिएको थियो। मानव अधिकार तथा शान्ति समाज ...

प्रदेशको बजेट रोकिएपछि पूर्वाधार विकास कार्यालय खोटाङले संघीय सशर्त बजेटका योजनाको ठेक्का प्रक्रिया अघि बढायो

प्रदेशको बजेट रोकिएपछि पूर्वाधार विकास कार्यालय खोटाङले संघीय सशर्त बजेटका योजनाको ठेक्का प्रक्रिया अघि बढायो
खोटाङ | कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ। बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको छ। यता, संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया भने अघि बढाइएको छ। पूर्वाधार विकास क...

उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्षसहित सदस्य मनोनयन

उद्योग वाणिज्य संघ इटहरीका वरिष्ठ उपाध्यक्षसहित सदस्य मनोनयन
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको वरिष्ठ उपाध्यक्ष पदमा विष्णु नारायण डाँगी मनोनयन भएका छन्। त्यसैगरी संघको सदस्य पदमा दुर्गा थापा, सुरेश कार्की र डुन्डीराज गुरागाईं मनोनयन भएका छन्। संघकी अध्यक्ष गायत्री कटुवाल भण्डारीले वरिष्ठ उपाध्यक्ष डाँगीसहित सदस्य पदमा मनोनयन भएका थापा, कार्की र गुरागाईंलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। अध्यक्ष भण्डारीले पद प्राप्त गर्नु वा मनोनयन हुनु मात्र ठू...

एक्स्पोमा डिएन ग्रुपको प्रभावशाली सहभागिता, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित

एक्स्पोमा डिएन ग्रुपको प्रभावशाली सहभागिता, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित
सुन्दरहरैंचा(मोरङ) : काठमाडौँको भृकुटीमण्डपमा आयोजित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ (एक्स्पो २०२६) आइतबार सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा विभिन्न घरजग्गा, आवास तथा निर्माण व्यवसायसँग सम्बन्धित कम्पनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। एक्स्पोमा डिएन ग्रुप अफ कम्पनीजले समेत आकर्षक स्टलसहित सहभागिता जनाएको थियो। प्रदर्शनीमार्फत डिएन ग्रुपले आफ्ना विभिन्...

बराहक्षेत्रमा संविधान दिवसको अवसरमा दौड प्रतियोगिता

बराहक्षेत्रमा संविधान दिवसको अवसरमा दौड प्रतियोगिता
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवरसमा विभिन्न बिधामा दौड प्रतियोगिता आयोजना गरेको छ । आईतवार चक्रघट्टि स्थित महेन्द्र गेट ढिकझोरा र महेन्द्र गेटबाट उप्रेती चौक दुरी निर्धारण गरिएको १५ बर्ष उमेर समुहको पुरुषतर्फ कुशल विश्वकर्मा प्रथम भएका छन् । त्यस्तै , पुरुषोतम राज‌धानी द्बितिय युवराज जोगी तेस्रो , पुजन जोगी तृतिय र संजय विष्ट सान्तवना हुन सफल भए । त्यस्तै १५ बर्ष उमेर...

रसुवाको बाढीमा बेपत्ता दुई दाजुभाइको कुशको शव बनाई अन्त्येष्टि

रसुवाको बाढीमा बेपत्ता दुई दाजुभाइको कुशको शव बनाई अन्त्येष्टि
सुनसरी । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा बेपत्ता भएका सुतार कार्की दाजुभाइ कुलबहादुर कार्की र सुर्जबहादुर कार्कीको आज कुशको शव बनाई अन्त्येष्टि गरिएको छ। शिवसताक्षी–१०, टेक्रा निवासी कुलबहादुर कार्कीको सुरुङ्गा माईघाट तथा सुन्दरहरैँचा–१२, काफ्ले टोल निवासी सुर्जबहादुर कार्कीको सुन्दरहरैँचास्थित लोहन्द्रा खोलाको बेलबारी घाटमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम ...

गछियाका विद्यार्थीले बनाए CubeSat, विज्ञान र प्रविधिमा देखाए सिर्जनशीलता

गछियाका विद्यार्थीले बनाए CubeSat, विज्ञान र प्रविधिमा देखाए सिर्जनशीलता
गछिया । मोरङको सुन्दरहरैंचा–गछियास्थित माउन्ट मकालु सेकेन्डरी स्कुलका विद्यार्थीहरूको टोली ‘Team Krantikaris’ ले CubeSat परियोजना सफलतापूर्वक निर्माण गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनप्रति विद्यार्थीहरूको रुचि र सिर्जनशीलतालाई व्यवहारमा उतार्ने उद्देश्यले टोलीले CubeSat निर्माण गरेको हो। सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच अनुसन्धान, प्रयोग तथा निरन्तर प्रयासमार्फत परियोजना पूरा गरिएक...

सहाराविहीन फत्तबहादुरको सहारा बने भीम अधिकारी, उपचार र सुरक्षित बासका लागि आश्रमसम्म पुर्‍याए

सहाराविहीन फत्तबहादुरको सहारा बने भीम अधिकारी, उपचार र सुरक्षित बासका लागि आश्रमसम्म पुर्‍याए
सुन्दरहरैंचा (मोरङ) : जीवनको कठिन मोडमा पुगेका मोरङको सुन्दरहरैंचा–१० का फत्तबहादुर भुजेल अहिले उपचार, सुरक्षित बास र सहाराको खोजीमा छन्। जन्डिस र प्रेसरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण हातखुट्टासमेत चलाउन कठिन भएपछि उनको दैनिक जीवन झन् कष्टकर बन्दै गएको थियो। अलपत्र अवस्थामा रहेका भुजेलको अवस्थाबारे जानकारी पाएपछि सुन्दरहरैंचामा क्रियाशील सामाजिक संस्था ‘सहयोगी मनहरू’का अध्यक्ष भीम अधिकार...

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित ३०० परिवारलाई फरवार्डको राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित ३०० परिवारलाई फरवार्डको राहत
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पूर्वमन्त्री भगवती चौधरीको पहलमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटका बाढीपीडित परिवारलाई खाद्यान्नसहित विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ का ४१ घरपरिवार, वडा नं. १ लगायतका प्रभावित क्षेत्रका गरी करिब ३०० घरपर...