संविधान दिवसमा पहिलो पाईला नेपालको सुन्दरहरैंचा शाखाद्वारा दीप प्रज्वलन
सुन्दरहरैंचा । संविधान दिवस २०८३ को अवसरमा पहिलो पाईला नेपाल, सुन्दरहरैंचा शाखाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको संरक्षण, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा संविधान नागरिकका अधिकारको आधार मात्र नभई न्याय, समानता, स्वतन्त्रता र समृद्धिको साझा संकल्...










