निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु

निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु
योगेन्द्र योगी सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सुरु भएको छ। विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा शुक्रबारदेखि सुरु भएको तालिम शनिबार...

कांग्रेस बेलबारीको नेतृत्व दौडमा राजेश खत्री, सभापतिमा बलियो सम्भावना

कांग्रेस बेलबारीको नेतृत्व दौडमा राजेश खत्री, सभापतिमा बलियो सम्भावना
सुन्दरहरैंचा(मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि आगामी असोज ४ गतेदेखि निर्वाचन तथा अधिवेशन प्रक्रिया प्रारम्भ हुने मिति सार्वजनिक भएसँगै देशभर पार्टीका विभिन्न तहमा नेतृत्वका आकांक्षीहरूको चर्चा सुरु भएको छ। यसैक्रममा मोरङको बेलबारी नगरपालिकामा पनि नगर सभापतिको नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको चर्चा बढ्न थालेको छ। बेलबारीमा नेपाली कांग्रेसको नगर सभापति पदका लागि राजेश खत्रीले ...

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. शर्मा केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. शर्मा केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया
काठमाडौं : गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता, समाजसेवी तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्हालेका छन्। फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्। नेतृत्व हस्तान्तरणपछि शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीति...

बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे छलफल

बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे छलफल
इटहरी । बीपी कोइरालाको ११३औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन सुनसरीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र बीपी कोइराला’ विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ। युनियनले बीपी कोइरालाको राजनीतिक, साहित्यिक तथा लोकतान्त्रिक योगदानसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरेको हो। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित क...

गौरादहमा TVS को एक्सचेञ्ज अफर सुरु

सुनसरी | दमक स्थित 'TVS' को आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजले गौरादहको मूख्य चोक (डिपु चोक) मा कार्यक्रम संचालन गरेको हो । ‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ योजनाअन्तर्गत सुरु भएको एक्सचेञ्ज अफर भाद्र ३० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार यस योजनामा ग्राहकले जुनसुकै कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरि TVS को नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न...

ज्येष्ठ नागरिक समाजद्वारा पिता सम्मान कार्यक्रम सम्पन्न,२०० बढी ज्येष्ठ नागरिक पिता सम्मानित

ज्येष्ठ नागरिक समाजद्वारा पिता सम्मान कार्यक्रम सम्पन्न,२०० बढी ज्येष्ठ नागरिक पिता सम्मानित
सुन्दरहरैँचा(मोरङ) : मोरङको सुन्दरहरैँचा–३ मा रहेको ज्येष्ठ नागरिक सेवा समाज नेपालले कुशे औँसीको अवसर पारेर पिता सम्मान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। सुन्दरहरैँचा–३ स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा दुई जना ज्येष्ठ नागरिकलाई नगदसहित विशेष सम्मान गरिएको छ भने करिब २०० जना ज्येष्ठ नागरिकलाई गम्छा, ब्याग र फलफूलसहित सम्मान गरिएको ज्येष्ठ नागरिक सेवा समाज नेपालकी सहजकर...

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थानीयसँग अन्तर्क्रिया

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थानीयसँग अन्तर्क्रिया
सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सरोकारवालासँग विश्वविद्यालयको शैक्षिक विकास, प्रशासनिक सुधार र अनुसन्धानका विषयमा अन्तर्क्रिया गरिएको छ। प्रा.डा. पन्ना थापाको अध्यक्षता तथा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फार्मेसी विभाग प्रमुख, स्कुल अफ साइन्सका डीन, परीक्षा नियन्त्रक ...

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ शुभारम्भ, ५०० जनाले लिए आँखा तथा कान परीक्षण सेवा

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ शुभारम्भ, ५०० जनाले लिए आँखा तथा कान परीक्षण सेवा
इटहरी । इटहरी जेसीजले बृहत् आँखा तथा कान परीक्षण शिविर आयोजना गर्दै ‘जेसीज सप्ताह २०२६’ को शुभारम्भ गरेको छ। २०८३ भाद्र २५ गते इटहरी–१७ स्थित पकली माध्यमिक विद्यालयमा आयोजित शिविरमा करिब ५०० जना सेवाग्राहीले आँखा तथा कान परीक्षण सेवा लिएका छन्। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप...

खाजा खर्च बचाउँदै रसुवा बाढी पीडितको साथमा पूर्वाञ्चल एकेडेमी, १ लाखभन्दा बढी सहयोग

खाजा खर्च बचाउँदै रसुवा बाढी पीडितको साथमा पूर्वाञ्चल एकेडेमी, १ लाखभन्दा बढी सहयोग
सुन्दरहरैंचा (मोरङ) : रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मोरङको सुन्दरहरैंचा–६ स्थित पूर्वाञ्चल एकेडेमीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवारबाट संकलन गरिएको उक्त रकम प्याब्सन राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। राहत संकलन अभियानमा विद्यालयको प...

राहत र सरसफाइमा जुट्यो नेपाल तरुण दल, विपद् प्रभावित क्षेत्रमा तरुण स्वयंसेवकको उपस्थिति

राहत र सरसफाइमा जुट्यो नेपाल तरुण दल, विपद् प्रभावित क्षेत्रमा तरुण स्वयंसेवकको उपस्थिति
नुवाकोट । नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाको नेतृत्वमा नुवाकोटको देवीघाट क्षेत्रमा दोस्रो दिन पनि राहत, उद्धार तथा सरसफाइ अभियान जारी रहेको छ। पर्सा जिल्ला अध्यक्ष बाल्मिकी यादवसहित विभिन्न जिल्लाका अध्यक्ष तथा तरुण स्वयंसेवकहरूको सहभागितामा विपद् प्रभावित क्षेत्रमा मानवीय सहायता र सरसफाइ अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत बाढी तथा पहिरोबाट प्रभावित विद्यालय, अस्पताल तथा सार्वजनिक ...