बराहक्षेत्रमा संविधान दिवसको अवसरमा दौड प्रतियोगिता

बराहक्षेत्रमा संविधान दिवसको अवसरमा दौड प्रतियोगिता
बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवरसमा विभिन्न बिधामा दौड प्रतियोगिता आयोजना गरेको छ । आईतवार चक्रघट्टि स्थित महेन्द्र गेट ढिकझोरा र महेन्द्र गेटबाट उप्रेती चौक दुरी निर्धारण गरिएको १५ बर्ष उमेर समुहको पुरुषतर्फ कुशल विश्वकर्मा प्रथम भएका छन् । त्यस्तै , पुरुषोतम राज‌धानी द्बितिय युवराज जोगी तेस्रो , पुजन जोगी तृतिय र संजय विष्ट सान्तवना हुन सफल भए । त्यस्तै १५ बर्ष उमेर...

रसुवाको बाढीमा बेपत्ता दुई दाजुभाइको कुशको शव बनाई अन्त्येष्टि

रसुवाको बाढीमा बेपत्ता दुई दाजुभाइको कुशको शव बनाई अन्त्येष्टि
सुनसरी । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा बेपत्ता भएका सुतार कार्की दाजुभाइ कुलबहादुर कार्की र सुर्जबहादुर कार्कीको आज कुशको शव बनाई अन्त्येष्टि गरिएको छ। शिवसताक्षी–१०, टेक्रा निवासी कुलबहादुर कार्कीको सुरुङ्गा माईघाट तथा सुन्दरहरैँचा–१२, काफ्ले टोल निवासी सुर्जबहादुर कार्कीको सुन्दरहरैँचास्थित लोहन्द्रा खोलाको बेलबारी घाटमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कुशको शव बनाई अन्तिम ...

गछियाका विद्यार्थीले बनाए CubeSat, विज्ञान र प्रविधिमा देखाए सिर्जनशीलता

गछियाका विद्यार्थीले बनाए CubeSat, विज्ञान र प्रविधिमा देखाए सिर्जनशीलता
गछिया । मोरङको सुन्दरहरैंचा–गछियास्थित माउन्ट मकालु सेकेन्डरी स्कुलका विद्यार्थीहरूको टोली ‘Team Krantikaris’ ले CubeSat परियोजना सफलतापूर्वक निर्माण गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनप्रति विद्यार्थीहरूको रुचि र सिर्जनशीलतालाई व्यवहारमा उतार्ने उद्देश्यले टोलीले CubeSat निर्माण गरेको हो। सीमित स्रोतसाधन र विभिन्न चुनौतीका बीच अनुसन्धान, प्रयोग तथा निरन्तर प्रयासमार्फत परियोजना पूरा गरिएक...

सहाराविहीन फत्तबहादुरको सहारा बने भीम अधिकारी, उपचार र सुरक्षित बासका लागि आश्रमसम्म पुर्‍याए

सहाराविहीन फत्तबहादुरको सहारा बने भीम अधिकारी, उपचार र सुरक्षित बासका लागि आश्रमसम्म पुर्‍याए
सुन्दरहरैंचा (मोरङ) : जीवनको कठिन मोडमा पुगेका मोरङको सुन्दरहरैंचा–१० का फत्तबहादुर भुजेल अहिले उपचार, सुरक्षित बास र सहाराको खोजीमा छन्। जन्डिस र प्रेसरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण हातखुट्टासमेत चलाउन कठिन भएपछि उनको दैनिक जीवन झन् कष्टकर बन्दै गएको थियो। अलपत्र अवस्थामा रहेका भुजेलको अवस्थाबारे जानकारी पाएपछि सुन्दरहरैंचामा क्रियाशील सामाजिक संस्था ‘सहयोगी मनहरू’का अध्यक्ष भीम अधिकार...

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित ३०० परिवारलाई फरवार्डको राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित ३०० परिवारलाई फरवार्डको राहत
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पूर्वमन्त्री भगवती चौधरीको पहलमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटका बाढीपीडित परिवारलाई खाद्यान्नसहित विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ का ४१ घरपरिवार, वडा नं. १ लगायतका प्रभावित क्षेत्रका गरी करिब ३०० घरपर...

संविधान दिवसमा पहिलो पाईला नेपालको सुन्दरहरैंचा शाखाद्वारा दीप प्रज्वलन

संविधान दिवसमा पहिलो पाईला नेपालको सुन्दरहरैंचा शाखाद्वारा दीप प्रज्वलन
सुन्दरहरैंचा । संविधान दिवस २०८३ को अवसरमा पहिलो पाईला नेपाल, सुन्दरहरैंचा शाखाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको संरक्षण, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा संविधान नागरिकका अधिकारको आधार मात्र नभई न्याय, समानता, स्वतन्त्रता र समृद्धिको साझा संकल्...

तीन लायन्स क्लबको पदस्थापन सम्पन्न

तीन लायन्स क्लबको पदस्थापन सम्पन्न
इटहरी । लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लायन्स क्लब अफ इटहरी पचरुखिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा ओमप्रकाश वन, लायन्स क्लब अफ इटहरी प्रोफेसनलको अध्यक्षमा रामपुकार यादव र लायन्स क्लब अफ इटहरी पचरुखिको अध्यक्षमा कुमार गिरीले पदभार ग्रहण गरेका छन्। वर्ष २०२६/०२७ का लागि निर्वाचित अध्यक्षसहि...

इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न

इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न
इटहरी । इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त दीक्षान्त तथा पदस्थापन समारोह सम्पन्न भएको छ। लायन्स क्लब अफ इटहरी इनोभेसन, लियो क्लब अफ इटहरी इनोभेसन, लायन्स क्लब अफ इटहरी सिटी, लियो क्लब अफ इटहरी सिटी तथा लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलको संयुक्त आयोजनामा समारोह सम्पन्न भएको हो। समारोहमा लायन्स क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा मिलन दाहाल, लियो क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा राजकुम...

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने । एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी ...

सुन्दरहरैँचामा सिटी सफारी चालक परिवारको पाचौं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुन्दरहरैँचामा सिटी सफारी चालक परिवारको पाचौं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० स्थित सिटी सफारी चालक परिवार, सुन्दरहरैँचाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले लीलामणि बार्हकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। मोरङ सुन्दरहरैँचा–१० त्रिवेणी चोकस्थित साकेला थानको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष लीलामणि बार्हकोटीको अध्यक्षता तथा इलाका प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरक...