बुढीगंगाको ८ करोड ७६ लाख लागतमा बनेको प्रशासकीय भवन उद्घाटन, सेवा प्रवाह प्रभावकारी बनाउन जोड
योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : मोरङको बुढीगंगा गाउँपालिका–४, हात्तीमुढामा ८ करोड ७६ लाख ४० हजार ६५३ रुपैयाँ लागतमा निर्माण गरिएको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। ९ कट्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको भवनको उद्घाटनसँगै गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरको सभापतित्वमा आयोजित उद्घाटन सम...










