गणपति र शिवशक्ति रिकन्डिसनद्वारा विश्वकर्मा पूजा
इटहरी । इटहरीमा सञ्चालित मोटरसाइकल तथा स्कुटरका रिकन्डिसन व्यवसायी गणपति रिकन्डिसन हाउस र शिवशक्ति रिकन्डिसनले संयुक्त रूपमा विश्वकर्मा पूजा सम्पन्न गरेका छन्।
विश्वकर्मा पूजाको अवसरमा दुवै रिकन्डिसनले आफ्ना सवारीसाधन तथा उपकरणहरूको पूजा–आराधना गर्दै विश्वकर्मा पूजा मनाएका हुन्। व्यवसायमा निरन्तर प्रगति, सवारीसाधनको सुरक्षा तथा आगामी दिनमा थप सफलता मिलोस् भन्ने कामनासहित पूजा गरिएको हो।
गणपत...










