इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार
इटहरी: सुनसरीको इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोशे जंगलको पानीट्यांकी क्षेत्रमा चेकजाँच गर्ने क्रममा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले पानीट्यांकी क्षेत्रमा ब्यारेकेड राखेर सवारीसाधन चेकजाँच गरिरहेको थियो। सोही क्रममा शंकास्पद ...










