निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु
योगेन्द्र योगी
सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सुरु भएको छ।
विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा शुक्रबारदेखि सुरु भएको तालिम शनिबार...









