सेवाभावमा अगाडि बढ्दै ‘सहयोगी मनहरू’, १६० भन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा

सेवाभावमा अगाडि बढ्दै ‘सहयोगी मनहरू’, १६० भन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : समाजमा समस्या परेका नागरिकको साथमा उभिँदै आएको ‘सहयोगी मनहरू’ ले आफ्नो सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको छ। संस्थाको आयोजनामा मोरङको सुन्दरहरैंचा–११ स्थित आदर्श आधारभूत विद्यालय, तिनमुडे बस्तीमा निःशुल्क आँखा जाँच तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा आयोजित शिविरमा १६० भन्दा बढी सेवाग्राहीले आँखा परीक...

नागरिक आउन नसके, वडा घरमै पुग्छ : वडा सदस्य गुरुङ

नागरिक आउन नसके, वडा घरमै पुग्छ : वडा सदस्य गुरुङ
इटहरी । इटहरी उपमहानगरपालिका–२०, तरहरामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलो सेवा सुरु गरिएको छ। वडा कार्यालयसम्म आउन नसक्ने अति अशक्त तथा ज्येष्ठ नागरिक लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा सदस्य तनुज गुरुङ वडा कार्यालयको टोलीसहित लाभग्राहीको घर–घरमा पुग्नुभएको हो। वडा सदस्य गुरुङले जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेदेखि नै वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने ज्येष्...

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको  इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

बालमैत्री न्याय प्रणाली र बालबालिकाको सुरक्षाबारे इटहरीमा कार्यक्रम सम्पन्न

बालमैत्री न्याय प्रणाली र बालबालिकाको सुरक्षाबारे इटहरीमा कार्यक्रम सम्पन्न
इटहरी । बालबालिकालाई यौन दुर्व्यवहार, हिंसा तथा विभिन्न जोखिमबाट जोगाउँदै उनीहरूको अधिकार संरक्षणका लागि अपनाउनुपर्ने उपायबारे इटहरीमा कार्यक्रम आयोजना गरिएको छ । भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश कार्यालयको आयोजनामा इटहरीस्थित इनटुरिस्ट होटलमा ‘बालमैत्री न्याय प्रणालीसम्बन्धी सरोकारवालाको भूमिका’ विषयक कार्यक्रमकाे आयोजना गरिएको हो । कार्यक्रममा बालबालिकामाथि हुने यौन दुर्व्यवहार तथा हिंसाका घटन...

रोटरी क्लब इटहरीद्वारा २९२ विद्यार्थीको आँखा परीक्षण, समस्या देखिएकाको असोज ३ गते निःशुल्क उपचार

रोटरी क्लब इटहरीद्वारा २९२ विद्यार्थीको आँखा परीक्षण, समस्या देखिएकाको असोज ३ गते निःशुल्क उपचार
इटहरी । १४ वर्षमुनिका बालबालिकामा देखिने आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यले रोटरी क्लब अफ इटहरीले सञ्चालन गर्दै आएको आँखा परीक्षण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बुधबार इटहरी–८ स्थित सरस्वती सतन स्कुलका २९२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा करिब ११ प्रतिशत विद्यार्थीमा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीका ...

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ शुभारम्भ, ५०० जनाले लिए आँखा तथा कान परीक्षण सेवा

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ शुभारम्भ, ५०० जनाले लिए आँखा तथा कान परीक्षण सेवा
इटहरी । इटहरी जेसीजले बृहत् आँखा तथा कान परीक्षण शिविर आयोजना गर्दै ‘जेसीज सप्ताह २०२६’ को शुभारम्भ गरेको छ। २०८३ भाद्र २५ गते इटहरी–१७ स्थित पकली माध्यमिक विद्यालयमा आयोजित शिविरमा करिब ५०० जना सेवाग्राहीले आँखा तथा कान परीक्षण सेवा लिएका छन्। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उप...

बाढी प्रभावितका लागि बाँसबारीमा भोलि रक्तदान कार्यक्रम हुँदै

बाढी प्रभावितका लागि बाँसबारीमा भोलि रक्तदान कार्यक्रम हुँदै
इटहरी । हालै आएको बाढीका कारण घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने भन्दै मोरङको बाँसबारीमा भोलि (भदौ १४ गते) रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । लायन्स/लियो क्लब अफ बाँसबारी र लायन्स क्लब अफ बालियाको संयुक्त आयोजनामा हुने रक्तदान कार्यक्रम २०८३ साल भदौ १४ गते (३० अगस्ट २०२६) आइतबार बिहान ७ बजेदेखि बाँसबारी चोक, मोरङमा सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालको रसुवा जिल्लास्थ...

अरुणवासीले KMC र नोबेलमा उपचार गर्दा २० देखि ५० प्रतिशतसम्म छुट पाउने

अरुणवासीले KMC र नोबेलमा उपचार गर्दा २० देखि ५० प्रतिशतसम्म छुट पाउने
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले नागरिकको स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले काठमाडौं मेडिकल कलेज (KMC) र विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालसँग उपचारमा सहुलियत दिने सम्झौता गरेको छ । गाउँपालिकाले २०८३ साउन २६ गते नोबेल मेडिकल कलेज र साउन २७ गते काठमाडौं मेडिकल कलेजसँग छुट्टाछुट्टै सम्झौता गरेको हो । सम्झौतापछि अरुण गाउँपालिकाका नागरिकले ती अस्पतालमा उपचार गराउँ...