इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला
इटहरीः पढाइ सकेर रोजगारीको खोजीमा रहेका युवा तथा आफ्नो सीपलाई आम्दानीसँग जोड्न चाहनेहरूलाई लक्षित गर्दै इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । मेला यही असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
युवा तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेलामा सहभागीले विभिन्न सीपमूलक तालिम, रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा रोजगारीका नयाँ अवसरबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । मेलामा ६५...










