इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म
इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। शनिबार इटहरीमा भव्य कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो।
इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ। कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो।
नयाँ...










