सुनसरी–३ बाट थानेश्वर ओझाको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ३ बाट थानेश्वर ओझाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै पार्टीको संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी रहेको ओझाले बताएका छन्।
युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वमा अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको...










