कोशी ब्यारेजमा पानीको बहाव उच्च, खतरा तहमा

कोशी ब्यारेजमा पानीको बहाव उच्च, खतरा तहमा
इटहरी । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजको अवस्था ‘खतरा’ (Danger) तहमा पुगेको छ। मंगलबार राति ९ः१५ बजे प्राप्त विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ८९ हजार ४८० क्युसेक पुगेको छ। पानीको बहाव हाल स्थिर (Steady) अवस्थामा रहे पनि नदीमा पानीको मात्रा उच्च रहेको जनाइएको छ। ब्यारेजका २४ वटा ढोका (गेट) खोलिएका छन्। कोशी नदीमा पानीको बहाव उच्च रहेकाले नदी आसपास तथा तल्लो तटीय क्ष...

खाजा थालमै छाडेर घटनास्थल दौडिन्छन् गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार, गछियाको सुरक्षामा २४ सै घण्टा प्रहरी पहरा

खाजा थालमै छाडेर घटनास्थल दौडिन्छन् गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार, गछियाको सुरक्षामा २४ सै घण्टा प्रहरी पहरा
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : प्रहरीको पोसाक लगाउनु मात्र कर्तव्य पूरा गर्नु होइन, नागरिकको सुरक्षा र शान्तिका लागि जुनसुकै परिस्थितिमा पनि अग्रपंक्तिमा उभिनु हो। यही मान्यतालाई व्यवहारमै आत्मसात् गर्दै आफ्नो जिम्मेवारीप्रति समर्पित भएर काम गर्ने प्रहरी अधिकारीका रूपमा मोरङको सुन्दरहरैंचा–७ स्थित गछिया प्रहरी चौकीका इन्चार्ज टिकाराम सुनुवार पछिल्लो समय स्थानीयमाझ परिचित हुँदै गएका छन्। ...

तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन निस्किए, सधैँका लागि अस्ताए राष्ट्रसेवक सुदीप

तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन निस्किए, सधैँका लागि अस्ताए राष्ट्रसेवक सुदीप
मोरङ । तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन घरबाट निस्किएका राष्ट्रसेवक सुदीप खड्का अब कहिल्यै घर फर्किने छैनन्। सोमबार साँझ मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकमा भएको सवारी दुर्घटनामा उनको ज्यान गएपछि एउटा परिवारको खुसी सधैँका लागि खोसिएको छ। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९...

बराहक्षेत्र ९ मा बाल दिवसको अवसरमा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बराहक्षेत्र ९ मा बाल दिवसको अवसरमा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
सुनसरी | राष्ट्रिय बाल दिवसको अवसरमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ ले वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। "बालमैत्री स्थानीय शासन, समृद्ध बालबालिका, उज्ज्वल भविष्य" भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त प्रतियोगितामा वडाका जनप्रतिनिधि, वडा सचिव, वडा बाल सहजकर्ता, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। बालमैत्री स्थानीय शासन निर्माण तथा बालबालिकामा रहेको रचनात्मक क...

बराहक्षेत्रमा कांग्रेस नगर सभापतिका लागि तेज गुरुङको उम्मेदवारी घोषणा

बराहक्षेत्रमा कांग्रेस नगर सभापतिका लागि तेज गुरुङको उम्मेदवारी घोषणा
सुनसरी | बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति पदका लागि तेज गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। पार्टी संगठनलाई अझ सुदृढ बनाउने, युवाको सक्रिय सहभागिता र नेतृत्वलाई प्राथमिकता दिने तथा समयअनुकूल गतिशील संगठन निर्माण गर्ने उद्देश्यसहित उहाँले आफ्नो उम्मेदवारी अघि बढाउनुभएको छ। उहाँको उम्मेदवारीसँगै बराहक्षेत्रमा नेपाली कांग्रेसको संगठन, युवा सहभागिता र आगामी राजनीतिक य...

नेपाली कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा हरि पौडेलको उम्मेदवारी

नेपाली कांग्रेस सुन्दरहरैँचा नगर सभापतिमा हरि पौडेलको उम्मेदवारी
सुन्दरहरैँचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकाको नगर सभापति पदमा हरि पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टी संगठनमा लामो समयदेखि सक्रिय पौडेलले विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको अनुभवका आधारमा नगर सभापति पदमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनी क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव तथा मोरङ जिल्ला सल्लाहकार सदस्यका रूपमा समेत जिम्मेवारी सम्हा...

इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम

इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम
इटहरी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । केही समयअघि इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टले आफ्नै कार्यालय परिसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मार्केटिङ म्यानेजर विकास घिमिरेले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा महिलाहरूको स...

‘Wheelchair Run 2.0’ मा झापाका प्रज्वल योङ्गहाङ प्रथम

‘Wheelchair Run 2.0’ मा झापाका प्रज्वल योङ्गहाङ प्रथम
इटहरी । इटहरी जेसीजको आयोजनामा ‘Jaycees Week–2026’ अन्तर्गत आइतबार इटहरीमा सम्पन्न ‘The Wheels of Hope – Wheelchair Run 2.0’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ प्रथम भएका छन्। प्रतियोगितामा मोरङका संजिव लिम्बु दोस्रो तथा संखुवासभाका सुजन थापा तृतीय भएका छन्। प्रतियोगिता इटहरीको धरान लाइनस्थित कुटी रेस्टुरेन्ट अगाडिबाट सुरु भएको थियो। प्रथम भएका प्रज्वल योङ्गहाङलाई अल्फाबेटा इन्स्टिच्युटले...

दिवंगत आफन्तको स्मृतिमा निरौला परिवारको अनुकरणीय कार्य, भानु साझा पुस्तकालयमा बन्यो पिउने पानीको धारा

दिवंगत आफन्तको स्मृतिमा निरौला परिवारको अनुकरणीय कार्य, भानु साझा पुस्तकालयमा बन्यो पिउने पानीको धारा
सुन्दरहरैंचा(मोरङ) : आफ्ना दिवंगत आफन्तको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै मोरङको सुन्दरहरैंचा–५ र ६ को बीचमा पर्ने तीनपैनीस्थित भानु साझा पुस्तकालय परिसरमा सुन्दरहरैंचा - ६ का निरौला परिवारले पिउने पानीको धारा निर्माण गरी हस्तान्तरण गरेको छ। आइतबार बिहान आयोजित एक कार्यक्रमबीच निरौला परिवारले निर्माण गरेको धारा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। निर...

सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी

सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–३ स्थित जुपिटर इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी समीर भुसालले आफ्नै सीप र सिर्जनशीलताको प्रयोग गर्दै तीनपाङ्ग्रे गाडी निर्माण गरेका छन्। सानैदेखि मेकानिकल कामप्रति रुचि राख्दै आएका समीरले युट्युबमा विभिन्न प्राविधिक भिडियो हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै करिब एक लाख रुपैयाँको लागतमा ‘बग्गी’ नामको तीनपाङ्ग्रे गाडी निर्माण गरेका हुन्। ...