एकताबद्ध समाज र परिवर्तनको संकल्पसहित फुर्लाक्पा शेर्पाको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय सभापति–१ पदका लागि फुर्लाक्पा शेर्पाले उम्मेदवारी घोषणा गरेका छन्।
‘एकताबद्ध समाज, परिवर्तनको संकल्प, समृद्ध नेपालका लागि सबल कांग्रेस—अबको विकल्प’ भन्ने मूल नारासहित शेर्पाले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेका हुन्।
पार्टीभित्रको एकता र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकतामा राख्द...










