कोशी ब्यारेजमा पानीको बहाव उच्च, खतरा तहमा
इटहरी । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि ब्यारेजको अवस्था ‘खतरा’ (Danger) तहमा पुगेको छ। मंगलबार राति ९ः१५ बजे प्राप्त विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ८९ हजार ४८० क्युसेक पुगेको छ।
पानीको बहाव हाल स्थिर (Steady) अवस्थामा रहे पनि नदीमा पानीको मात्रा उच्च रहेको जनाइएको छ। ब्यारेजका २४ वटा ढोका (गेट) खोलिएका छन्।
कोशी नदीमा पानीको बहाव उच्च रहेकाले नदी आसपास तथा तल्लो तटीय क्ष...










