सुनसरीका चार पत्रकार सम्मानित
विराटनगर | नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औँ साधारण सभामा जिल्लाका चार जना पत्रकारलाईसम्मान तथा पुरस्कार प्रदान गरेको छ । सम्मानित हुनेमा अग्रज पत्रकार डम्बर बहादुर थापा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रश्मि प्रधान, अग्रजपत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डे द्वारा स्थापित चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३बाट पत्रकार शशि कोइराला, प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट विवेक भट्टराई ररेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट सुनिल चौधरी सम्मानित हुनुभएको छ । उहाँलाई नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, बरिष्ठ पत्रकार हर्ष सुब्बा, धरान उपमहानगरकोकार्यवाहक नगर प्रमुख आईन्द्र विक्रम बेघा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । वर्तमान समयको पत्रकारिता चुनौतीपूर्ण अवस्थामा पुगेको अध्यक्ष शर्माले बताउनुभयो ।पछिल्लो समय लोकतन्त्रर प्रेस स्वतन्त्रता माथि विभिन्न ढङ्गले प्रहार भइरहेको भन्दै पत्रकारहरू एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । संसदीय सुनुवाइ समिति लगायत केही संसदीय समितिहरूमा पत्रकारलाई रिपोर्टिङ गर्न रोक लगाइएकोप्रतिआपत्ति जनाउँदै एकाध पत्रकारले आचारसंहिता उल्लङ्घन गरेकै आधारमा सबै सञ्चारकर्मीलाई सूचनाकोपहुँचबाट वञ्चित गर्न नहुने उहाँले धारणा राख्नुभयो । स्वतन्त्र पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले पत्रकारको सुरक्षा र अधिकारप्रति आफू प्रतिबद्धरहेको कार्यवाहक नगर प्रमुख बेघाले बताउनुभयो । पत्रकारलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन पुनः सञ्चालन, पत्रकार फेलोसिप, सञ्चारकर्मीकोहित तथा संरक्षणका विषयमा उपमहानगर गम्भीर रहेको उहाँले बताउनुभयो ।








