तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन निस्किए, सधैँका लागि अस्ताए राष्ट्रसेवक सुदीप
मोरङ । तीजको व्रत बसेकी श्रीमतीलाई पानी खुवाउन घरबाट निस्किएका राष्ट्रसेवक सुदीप खड्का अब कहिल्यै घर फर्किने छैनन्। सोमबार साँझ मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकमा भएको सवारी दुर्घटनामा उनको ज्यान गएपछि एउटा परिवारको खुसी सधैँका लागि खोसिएको छ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९...










